अपाङ्ग नवजिवन केन्द्रको १३ औं महाधिवेशन सम्पन्न

सदरलाइन संवाददाता १५ फाल्गुन २०७७, शनिबार १८:२७
 

नेपालगञ्ज : अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको २१ औं साधारण सभा र १३ औं महाधिवेशन सम्पन्न भएको छ । शनिवार अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको २१ औं साधारण सभा र १३ औं महाधिवेशन कोहलपुरमा सम्पन्न भएको हो ।

अपाङ्ग नवजिवन केन्द्र बाँके शाखाको १३ औं महाधिवेशनले जंग बहादुर डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । डाँगीले नेतृत्व गरेको सो कार्यसमितिमा धनसरा वली उपाध्यक्ष, महासचिव टेकराज जैसी सचिव सुस्मा विक, कोषध्यक्ष लक्ष्मी पोखरेल र अन्य सदस्य गरि १२ जनाको नयाँ कार्यसमिती आएको छ ।


सो कार्यसमितिले आगामी दिनमा फरक क्षमता भएका व्यक्तिहरुको अधिकारस्थापित गर्ने, उनिहरुको संरक्षण गर्ने र उनिहरुका सवालमा पैरवी गर्ने प्रतिबद्दता जनाएको छ ।

 

Next Post

कोहलपुरमा चक्काजाम

१५ फाल्गुन २०७७, शनिबार १८:२७
कोहलपुर(बाँके) : शनिवार कोहलपुरमा चक्काजाम गरिएको छ । कोहलपुर ११ शान्तिनगरका झण्डै ७ सय घर परिवारको बसाईसराई नबनाईदिएको भन्दै कोहलपुरको चौरहामा अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले चक्काजाम गरेको हो । कोहलपुर वडा नं. ११ मा रहेको नगर बिकासको सरकारी जग्गा पाउनु पर्ने भन्दै संघर्ष समिति कोहलपुरले चक्काजाम गरेका […]