शनिवार ३९ औं मगर स्थापना दिवस मनाइँदै

सदरलाइन संवाददाता १५ फाल्गुन २०७७, शनिबार १०:०६
 

नेपालगञ्ज : देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले शनिवार ३९ औं मगर स्थापना दिवस मनाउँदैछन् ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।


मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिए ।

मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

Next Post

एक महिने स्वस्थानी ब्रत विधिपूर्वक समापन गरिँदै

१५ फाल्गुन २०७७, शनिबार १०:०६
नेपालगञ्ज : पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत शनिवार विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले शनिवार ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द […]

सम्बन्धित