मेरो प्लानेटले १ लाख राशीको युत्सव प्रतियोगिता गर्दै

सदरलाइन संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार १८:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा रहेको आर्कषक फनपार्क मेरो प्लानेटले रु १ लाख राशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्ने भएको छ । चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राले बताए ।

हाल शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम अन्र्तगत नृत्यकला, गायन जस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् । अब आयोजना हुने युत्सवमा सहभागि हुन फाल्नुगा अन्तिमसम्म शुक्रवार अथवा शनिवार मेरो प्लानेटमा आएर कलाकारहरुले आफ्नो प्रस्तुती दिनुपर्ने छ । उत्कृष्टलाई पहिचान गरी युत्सवमामा सहभागि गराइने छ ।


प्रतियोगिताको प्रथमलाई रु १ लाख, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ५० हजार र ३० हजार रहेको छ । मेरो प्लानेटले देशभरका कलाकारलाई सहभागि हुन अनुरोध गरेको छ ।

Next Post

बाँकेका दलित पत्रकारको अबस्थाका बारेमा अन्तरक्रिया

१४ फाल्गुन २०७७, शुक्रबार १८:२६
कोहलपुर (बाँके) : बाँकेमा दलित पत्रकारको वर्तमान अबस्था तथा चुनौती बिषयक अन्तरक्रिया तथा जिल्ला भेला शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा दलित पत्रकार संघ बाँकेका अध्यक्ष रुपा गहतराजको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य मधु शाहीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । […]