राँझा विमानस्थलमा आपतकालीन पूर्वाभ्यास

सदरलाइन संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार १७:४८
 

नेपालगञ्ज : नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपतकालीन पूर्वाभ्यास गरिएको छ । विमानस्थलभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न बृहत् आपतकालीन पूर्व अभ्यास गरिन्छ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालीन अभ्यास गरिएको राँझा विमानस्थल नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।


पूर्व अभ्यासमा एकाएक विमान दुर्घटना भएको दृश्य देखिन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीले घाइतेहरुको उद्धार गर्छन् र अस्पताल पठाउँछन् । पूर्व अभ्यासको समयमा विमानस्थल बन्द गरिएको थियो ।

Next Post

किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल

१४ फाल्गुन २०७७, शुक्रबार १७:४८
काठमाडौं : कृषि क्षेत्रको सूचना प्रवाह गर्ने उदेश्यले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको छ । कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग आज (शुक्रबार) भेटघाट गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सो जानकारी दिएकी हुन । कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान […]