लोकतान्त्रिक समावेशी व्यवसायी समूहद्वारा मतदातासंग भेटघाट सुरु

सदरलाइन संवाददाता १२ फाल्गुन २०७७, बुधबार २२:४६
 

कोहलपुर, (बाँके) :  बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको आगामि फागुन २२ गते हुने निर्वाचनका लागि लोकतन्त्रिक समावेशी व्यवासयी समूहले मतदाता व्यवसायीहरुसँग भेटघाट सुरु गरेको छ ।

‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतन्त्रिक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत व्यवसायीहरुसँग भेटघाट गरेको हो ।

कोहलपुर नगरपालिका वडा नं. १४ को चौधरीया, गोहवा, चन्नाहवा, रंगिला चोक, चौधरीय गाउँ र मदनचोकका व्यवसायीहरुसँग भेटघाट गरिएको लोकतन्त्रिक समावेशी व्यवसायी समूहबाट कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार पौडेलले बताए ।


यसका साथै व्यवसायीहरुलाई सशक्त एवम् सुदृढ गराउन पेशागत तथा विषयगत संघ, संस्थाहरुबीच आपसी सहकार्यका लागि आफ्नो समूह प्रतिवद्ध भएर लाग्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले बताए ।

उनले आफुहरुले व्यवसायिक हक र हितका लागि विशेष नीति लिने बताउँदै कोरोना संक्रमणपछिको व्यवसायिक अवस्थालाई मध्येनजर गरि विशेष काम गर्ने व्यवसायिहरुसँग प्रतिवद्धता जनाए । भेटघाटका क्रममा व्यवसायीहरुसँग भोट माग्दै साना तथा मझौला लद्यु उद्यममा यूवा तथा महिलाहरुको सक्रिय एवम् लगानीको वातावराण सृजना गर्ने लक्ष्य लिईएको महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले बताए ।

लोकतन्त्रिक राज्य व्यवस्थामा खुल्ला रुपमा व्यापार व्यवसाय गर्न पाउने भएकाले लोकतन्त्रधर पक्षलाई मतदान गरि बिजय गराउन लोकतन्त्रिक समावेशी व्यवसायी समूहले मतदाता व्यवसायीहरुलाई अनुरोध गरेको छ । सो भेटघाटका क्रममा कतिपय व्यवसायीहरुले साना तथा खुद्रा व्यवसाय गर्नेहरुमा कोरोना भाईरसको महामारी पछि जटिल अवस्था आईपरेको भन्दै घरभाडा लगायत अन्य करहरुका बारेमा पहल गर्न सुझाव दिएका छन् । लोकतन्त्रिक समावेशी व्यवसायी समूहले निर्वाचिन लक्षित भेटघाटलाई तिव्रता दिईरहेको छ ।

Next Post

सहिद स्मारक ’बी’ डिभिजन लिगमा दुई खेल हुँदै

१२ फाल्गुन २०७७, बुधबार २२:४६
काठमाडौंं : सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बिहीवार दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको […]