सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा कुखुरा बरामद

सदरलाइन संवाददाता १२ फाल्गुन २०७७, बुधबार १६:३६
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको नेतृत्वमा गएको टोलीले बुधवार बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ ।


सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले कुखुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

आज बिहान बरामद गरिएका अवैध कुखुरा, मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ ।

Next Post

सुदूरपश्चिमको वातावरण सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

१२ फाल्गुन २०७७, बुधबार १६:३६
धनगढी : सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको अध्यादेश प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा अध्यादेश बहुमतले स्वीकृत भएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेश सभाबाट अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव सभामा पेश गरेकी थिइन् […]