नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास

सदरलाइन संवाददाता ११ फाल्गुन २०७७, मंगलवार १६:३६
 

नेपालगञ्ज : नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताए ।

कार्यक्रममा राज्यमन्त्री विमला विक, लुम्विनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल लगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभई पश्चिम नेपालकै लागि फाईदाजनक भएको बताए ।


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर वस्नेतले ३३८ विघामा औद्योगिक क्षेत्र निर्माणका लागि सम्पूर्ण प्रक्रिया पुरा भई शिलान्यास भएको जानकारी दिए । शिलान्यासका समयमा परियोजना आसपासका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । परियोजनाभित्र २५९ घर रहेका छन् ।

Next Post

मगन्तालाई सूचीकृतका लागि पहल गर्छु : विजय गुप्ता

११ फाल्गुन २०७७, मंगलवार १६:३६
डुडुवा (बाँके) : राष्ट्रिय मधेसी आयोगका सदस्य विजय गुप्ताले अल्पसंख्यक रुपमा रहेका मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन् । अन्य अल्पसंख्यक, सीमान्तकृत समुदाय सूचीकृत भए पनि मगन्ता समुदाय अझैँ सूचिकरणमा नपर्नु विडम्बना भएको बताउँदै उनले सूचीकृतका लागि छिट्टै सिफारिस गर्ने आश्वासन दिए । आयोगको सदस्य भए बापत […]

सम्बन्धित