फरुवा प्रहार गरी श्रीमानको हत्या

सदरलाइन संवाददाता ११ फाल्गुन २०७७, मंगलवार १०:५४
 


कञ्चनपुर : बेलौरी नगरपालिका ६, भुरकोटका वसन्ती चौधरीले फरुवा हानी श्रीमानको हत्या गरेकी छिन् । श्रीमान ओमकुमार चौधरीलाई फरुवा प्रहार गरी वसन्तीले मंगलवार विहान हत्या गरेकी हुन् ।

घरायसी विवाद क्रममा वसन्तीले श्रीमानमाथि फरुवा प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा बताएका छन् ।

‘विहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो,’ उनले भने, ‘फरुवा प्रहार गरेकी वसन्तीलाई नियन्त्रणमा लिइएको छ ।’

ओमकुमारको शव टाउकोमा चोट लागेको अवस्थामा घरभित्रै फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका २ का ७६ वर्षीय प्रेम थापाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ ।

कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २८ गते दुवैजनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

Next Post

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास

११ फाल्गुन २०७७, मंगलवार १०:५४
नेपालगञ्ज : नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताए । कार्यक्रममा राज्यमन्त्री विमला विक, लुम्विनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी […]