पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

सदरलाइन संवाददाता ९ फाल्गुन २०७७, आईतवार १६:४९
 



स्याङ्जा  : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताएकी छन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताएकी हुन ।

‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो’, मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’ अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाई थियो ।

निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उनले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताईन । उनले भनिन्, ‘प्रधानमन्त्रीले आग्रह गरि रहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौँ निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ ।’

देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उनले सिके राउतलाई ल्याइसकेको र अर्काे पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको जानकारी दिईन ।

यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गरिन । आईतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्रे शिलन्यास गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन ।

राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडकहरु यो ३ वर्षमा पिच भएको उनले दाबी गर्दै भनिन–‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौँ । स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ । केहि हुँदैछन । विकास भएको छ । जनताले विकासको अनुभूत गरेका छन ।’

गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्काे वालिङ डौँवालगायतका सडक पिस भएको उनको भनाई छ । आइतबार नै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्रे शिलन्यास गरेकी छन् ।

Next Post

औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै

९ फाल्गुन २०७७, आईतवार १६:४९
कञ्चनपुर : बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदैछन् । प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्वपश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँठाउँमा […]