भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आइतवार आउँदै

सदरलाइन संवाददाता ९ फाल्गुन २०७७, आईतवार ०९:०२
 


काठमाण्डौ : भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आइतवार नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डौ आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आउन लागेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने उनको भनाइ छ । आइतवार काठमाण्डौ आइपुग्ने १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

आउँदो फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आइतवार आउने खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिने मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए ।

Next Post

बाँकेमा छुटेकालाई कोरोना खोप लगाउन दुई दिन थपियो

९ फाल्गुन २०७७, आईतवार ०९:०२
नेपालगञ्ज : बाँकेमा दोस्रो चरणमा कोरोना खोप लगाउन छुटेका लक्षित बर्गलाई आइतवार र सोमवार पनि खोप लगाईंदैछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार खोप लगाउन छुटेकाले आइतवार र सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भेरी अस्पतालमा गएर खोप लगाउन सक्नेछन् । पत्रकार, जनपद प्रहरी […]