बाँकेमा हात्तिपाईले बिरुद्धको औषधि खुवाउने अभियान तीब्र पारिदै

सदरलाइन संवाददाता ८ फाल्गुन २०७७, शनिबार २३:१२
 



नेपालगञ्ज  :  बाँकेमा हात्तिपाईले रोगबिरुद्धको औषधि खुवाउने अभियानलाई तीब्र पारिने भएको छ । राष्ट्रिय हात्तिपाइले (फाईलेरिया) रोग निवारण अभियान–२०७७ जिल्लास्तरिय समन्वय समिति बाँकेको बैठकले बिषेश अभियान सञ्चालन गर्नेगरी तयारी अघि बढाएको हो ।

जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीबास्तबले शतप्रतिशत औषधि खुवाउने पालिकालाई जिल्ला समन्वयको तर्फबाट विषेश पुरस्कारको व्यवस्था गरिने घोषणा गरे । उनले गतवर्ष पनि जिल्ला समन्वयले शतप्रतिशत औषधि खुवाउने पालिकालाई पुरस्कृत गर्ने घोषणा गरेको भएपनि कसैले पनि पुरस्कार लिन नसेको उल्लेख गर्दै यो वर्ष लक्ष पुरा गरी पुरस्कार लिन आग्रह गरे ।

बाँकेमा गतवर्ष ७४ प्रतिशतले मात्र औषधि सेवन गरेको कारणले पनि अवस्थालाई जटिल बनाएको भन्दै कोहलपुरको रझेना र नेपालगन्जको वडा नं. ४ र ५ अत्यन्तै जोखिममा रहेको पाईएकोले विषेश अभियान सञ्चालन गरिने भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

बाँकेको नेपालगन्जमा सबै भन्दा थोरै ५३ प्रतिशतले मात्र औषधि सेवन गरेको कारणले पनि अवस्था जटिल बन्न सक्ने भएकोले जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजको पहलमा विषेश अभियान सञ्चालन गर्नुपर्ने सुझाव आएको छ ।

सो बैठकमा नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्मबाङ्ग, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय हात्तिपाइले (फाईलेरिया) रोग निवारण अभियान–२०७७ अन्तरगत २०६७ सालदेखि औषधि खुवाउन सुरु गरिएको हो । यो औषधि नियमित ६ वर्षसम्म खानु पर्ने बिज्ञको भनाई छ । आगामी फागुन २९ गतेदेखि औषधि खुवाउने अभियान सञ्चालन गरिदै छ ।

 

Next Post

बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरियो

८ फाल्गुन २०७७, शनिबार २३:१२
नरैनापुर(बाँके) : बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो । नरैनापुरको लक्ष्मणपुर प्रारम्भिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकालाई पूर्णखोप सुनिश्चितता भएको घोषणा गरेका हुन । खोप लगाउन छुटेका १६ […]

सम्बन्धित