भेरी अस्पतालमा आँखा उपचार सेवा सुरु

सदरलाइन संवाददाता ७ फाल्गुन २०७७, शुक्रबार १९:२२
 

नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पतालले आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ । आँखा उपचार सेवासंगै अस्पतालले हाल करिव ११ वटा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो ।

पश्चिम नेपालको रेफरल अस्पतालको रुपमा रहेको सबैभन्दा पुरानो भेरी अस्पतालले पछिल्लो दिनहरुमा गुणस्तरियता सहितको विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा तीब्रता दिएको हो ।

भेरी अस्पतालमा ७१ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालनमा ल्याईएको आँखा उपचार सेवाको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले उद्घाटन गरेका हुन ।


भेरी अस्पतालले चर्मरोग, दन्तरोग, हाडजोर्नी, नाक कान, घाँटीरोग, बालरोग, स्त्री तथा प्रसुती, मानसिक, सर्जरी, मेडिसिन, मुटुरोग, प्याथलोजी लगायतका विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरीटेन्ट डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

भेरी अस्पतालमा हाल आँखाको ओपिडि मात्रै सञ्चालनमा ल्याईएको र केही दिनभित्रै शल्यक्रिया तथा अन्य सेवा थप हुने मेसु डा. थापाले बताए । आँखारोग बिशेषज्ञ डा. विकेक आचार्यले सेवा दिने भएका छन् ।

भेरी अस्पतालले दैनिक जसो ३ सय ५० विरामी हाल ओपिडी सेवा लिन आउने गरेका छन् । यसैगरी अस्पतालमा दैनिक १८–२० जनाले प्रसुती सेवा लिने गरेको अस्पतालको तथ्याङ्कले जनाएको छ ।

Next Post

कोहलपुर लोकनगरका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा

७ फाल्गुन २०७७, शुक्रबार १९:२२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरमा रहेका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीहरुले आन्दोलनको घोषणा गरेका छन् । कोहलपुर–११ शान्तिनगर टोल डुडुवाबस्तीहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना मागहरु पुरा नभए आन्दोलनमा जाने चेतवानी दिएका हुन् । नेपाल सरकारले भूमि सम्बन्धी समस्या […]