तीन लघु उद्यमी महिला नगदसहित पुरस्कृत

सदरलाइन संवाददाता ६ फाल्गुन २०७७, बिहीबार १८:३८
 


कोहलपुर (बाँके) : लघु वित्तका क्षेत्रमा क्रियाशिल लघु उद्यमी महिलालाई एक समारोहका बीचमा नगद तथा प्रमाण पत्रले सम्मान गरिएको छ । लुम्बिनी प्रदेस सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उनीहरुलाई सम्मान गरेकी हुन ।

लघुबित्तका क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने बाँकेका मनु थापामगर, लक्ष्मीदेबी खड्का र दाङ्गका गीता चौधरी गरी तीन जना लघुउद्यमी महिलाहरु जनही २५ हजार नगद, प्रमाण पत्र तथा दोसल्लाले उनीहरुलाई मन्त्री पौडेलले सम्मान गरेकी हुन ।

मन्त्री पौडेलले सो अवसरमा बोल्दै लघुबित्तको क्षेत्रमा पछिल्लो समयमा केही बिकृती तथा बिसंगति देखापरेको उल्लेख गर्दै लघुबित्तलाई मर्यादित बनाउन प्रयास सबैले गर्न आवश्यक रहेको बताईन । उनले एउटै संस्थासंग मात्र कारोबार गरि लघुवित्तबाट लिएको रकमको सही सदुपयोग गरेर समाजमा उदाहरणीय बन्न आग्रह गरिन ।


उनले प्रदेश सरकारले महिलालाई सवल र सक्षम बनाउन आफ्नो मन्त्रालयमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताउदै प्रदेश सरकारको योजनासंग उद्यमी महिला जोडिन अनुरोध गरिन ।

स्वाबलम्बन विकास केन्द्रका प्रबन्ध समिति सदस्य तथा युनिक नेपाल लघुबित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक डा. गोपाल दहितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावत, उपकार लघुवित्तका अध्यक्ष शान्ति ढकाल, स्वाबलम्बन विकास केन्द्रका प्रबन्ध समिति सदस्य तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका डम्बरबहादुर शाह, ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, स्वाबलम्बन विकास केन्द्रका बेचनलाल गिरी तथा सम्मानित लघुउद्यमीहरुले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

प्रेस संगठन बाँकेको भेला फागुन १५ गते

६ फाल्गुन २०७७, बिहीबार १८:३८
नेपालगञ्ज : प्रेस संगठन बाँकेको नियमित बैठक एवं कोहलपुर भेला बिहिवार कोहलपुरमा सम्पन्न भएको छ । संयोजक हेमन्त बिकको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयसमेत गरेको छ । बैठकले संगठनलाई अझ क्रियाशिल र सुदृढ गर्दै लैजाने रणनीति निर्माणका लागि यही फागुन १५ गते नेपालगञ्जको होटल कलपत्रुमा जिल्ला भेलाको आयोजना गर्ने निर्णय […]

सम्बन्धित