लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ

सदरलाइन संवाददाता ४ फाल्गुन २०७७, मंगलवार १७:०३
 

दाङ : लागुऔषध अफिमसहित दाङमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय दाङका अनुसार रोल्पाको थवाङ गाउँपालिका वडा न ५ का ३८ वर्षीय प्रकाश घर्ती पक्राउ परेका हुन् ।

उनलाई सोमवार राति ८ बजे गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


घर्तीको साथबाट ६ किलो १ सय ग्राम लागुऔषध अफिमसहित एक थान मोवाइल र दुईवटा परिचय पत्रसमेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

Next Post

भागरथीका हत्याआरोपी पक्राउ, बुधवार सार्वजनिक गरिँदै

४ फाल्गुन २०७७, मंगलवार १७:०३
नेपालगञ्ज : बैतडीेको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपी पक्राउ परेका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी बुधवार सार्वजनिक गर्दैछ । भागरथीको हत्या उनी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा […]