बाँकेमा सेनाको बस दुर्घटना, दश सैनिक घाइते

सदरलाइन संवाददाता ४ फाल्गुन २०७७, मंगलवार ०८:५८
 

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलास्थित सोमवार राति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।


सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोलीले उद्धार गरेको हो । गम्भीर घाइते भएकाहरुको नेपालगञ्जको राझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप, ६ घाइते

४ फाल्गुन २०७७, मंगलवार ०८:५८
बैतडी : नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो । कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए । ’सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था […]

सम्बन्धित