जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, एक सय बढी घाइते

सदरलाइन संवाददाता २ फाल्गुन २०७७, आईतवार ०९:५२
 


काठमाण्डौ : जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएपनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ ।

भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले भौतिकरुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् ।

भूकम्प जानेबित्तिकै मौसम विभाग र अरु सरोकारवालासहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।

Next Post

बेपत्ता खत्रीको जंगलमा शव भेटियो

२ फाल्गुन २०७७, आईतवार ०९:५२
नेपालगञ्ज : बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला परेका छन् । माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टटुवाको जंगलमा फेला परेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र […]