कोरोनाविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान आइतवारदेखि

सदरलाइन संवाददाता २ फाल्गुन २०७७, आईतवार ०९:२९
 

नेपालगञ्ज : सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आइतवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।

दोस्रो अभियानअन्तर्गत आइतवारदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताए ।

यसबाहेक काठमाण्डौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ । यसअघि पहिलो चरणअन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो । त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो ।


पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो । यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या नदेखिएको बताएका छन् । तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको उनले बताए ।

Next Post

जडीबुटी संघको २१ तथा २२औ साधारणसभा सम्पन्न

२ फाल्गुन २०७७, आईतवार ०९:२९
नेपालगञ्ज : नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । संघको २१ तथा २२ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको हो । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले सो साधारण सभाको उद्घाटन गर्दै जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए । उनले कोभिडको […]