राष्ट्रिय महिला लिगमा शनिवार दुई खेल हुँदै

सदरलाइन संवाददाता १ फाल्गुन २०७७, शनिबार ०८:२९
 


नेपालगञ्ज : राष्ट्रिय महिला लिग फुटबलमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे शुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको हो । १४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ ।

चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।

Next Post

भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्या

१ फाल्गुन २०७७, शनिबार ०८:२९
नेपालगञ्ज : भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेको छ । बर्दियाको बारबर्दिया ३ खुरखुरे फाटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बलात्कारपछि हत्या गरिएको भन्दै फेब्रुअरी २ मा चैनपुर […]

सम्बन्धित