तत्काल मौसममा सुधार नआउने : मौसमविद्

सदरलाइन संवाददाता १ फाल्गुन २०७७, शनिबार ०८:२१
 


काठमाण्डौ : देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताए । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताए ।

शनिवार देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।

माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने बताए ।

हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले बताएका छन् ।

Next Post

राष्ट्रिय महिला लिगमा शनिवार दुई खेल हुँदै

१ फाल्गुन २०७७, शनिबार ०८:२१
नेपालगञ्ज : राष्ट्रिय महिला लिग फुटबलमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे शुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो […]