बाटिका आर्ट ग्यालरी सञ्चालन

सदरलाइन संवाददाता २९ माघ २०७७, बिहीबार १६:१५
 


नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि बाटिका आर्ट ग्यालरी सञ्चालनमा आएको छ । आर्ट ग्यालरीको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र होटल बाटिकाका प्रबन्ध निर्देशक शिवाङ्गिनी राणाले संयुक्तरुपमा उद्घाटन गरे ।

होटल बाटिकामै आर्ट ग्लालरी सञ्चालनमा ल्याइएको हो । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आर्ट ग्यालरी सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक राणाले बताइन् । स्पेनमा आर्ट सम्बन्धि अध्ययन गरेकी राणाले सानैदेखि आर्टमा रुची भएकाले यसलाई व्यवसायकै रुपमा अघि बढाउने प्रयास गरेको बताइन् । ग्यालरीमा निःशुल्क अवलोकन गरी कलाबारे बुझ्नुका साथै आफूलाई मन परेमा खरिद गर्न सकिनेछ ।

ग्यालरीमा राणाको आर्टका अलाबा स्थानीय कलाकारहरुको आर्ट पनि राखिनेछ । ग्यालरी विहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा आउनेछ । काठमाण्डौ बाहिर पाहिलोपटक आफूले नेपालगञ्जमा आर्ट ग्यालरी सञ्चालनमा ल्याएको राणाको दाबी छ । राणाले आफ्ना कलाहरु न्यूनतम् ५ हजार रुपैयाँदेखि अधिकतम् ४ लाख ५० हजारसम्म विक्रि भएको बताइन् ।

Next Post

सोनाम ल्होसार मनाईंदै, शुक्रवार सार्वजनिक बिदा

२९ माघ २०७७, बिहीबार १६:१५
काठमाण्डौ : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शुक्रवार विविध कार्यक्रम गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । शुक्रवारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार […]

सम्बन्धित