राष्ट्रिय महिला लिगमा बिहीवार दुई खेल हुँदै

सदरलाइन संवाददाता २९ माघ २०७७, बिहीबार ०७:०७
 

काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा बिहीवार दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुनेछ ।


यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८–० गोल अन्तरले हराएको थियो । एपीएफको लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ ।

Next Post

पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य बृद्धि

२९ माघ २०७७, बिहीबार ०७:०७
काठमाण्डौ : भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर […]