राष्ट्रिय महिला लिगमा मंगलवार दुई खेल हुँदै

सदरलाइन संवाददाता २७ माघ २०७७, मंगलवार ०६:५४
 

काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबलमा मंगलवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।


यसअघि सोमवार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

Next Post

आयोडिन महिनाअन्तर्गत नेपालगञ्जमा अन्तरक्रिया

२७ माघ २०७७, मंगलवार ०६:५४
नेपालगञ्ज : फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइन्छ । मानव शरीरलाई आवश्यक पर्ने शुक्ष्म पोषक तत्व आयोडिन सेवन गर्न प्रेरित गर्ने उद्देश्यले फेब्रुअरी महिनामा आयोडिनको विशेष चर्चा हुन्छ । नुन मार्फत् नेपालीहरुका भान्सामा आयोडिन पुर्याउने नेपाल सरकारको प्रयासलाई सार्थक बनाउन यो महिनामा अन्तरक्रिया बाक्लै मात्रामा गरिन्छ । सोही अवसरमा नेपालगञ्ज […]

सम्बन्धित