पारु केसीको नयाँ लोकदोहरी “लेउन चाखम् मैया”

सदरलाइन संवाददाता २५ माघ २०७७, आईतवार १९:०५
 



नेपालगञ्ज : लोकदोहोरी गायिका पारु केसीको चर्चित नयाँ गीत “लेउन चाखम् मैया”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोकदोहारी गायक राजु परियार र गायिका केसीको स्वर रहेको म्यूजिक भिडियोमा धन कमाउनकै लागि माया प्रेम बिर्सिएर विदेश जानु परेको प्रेमी प्रेमिकाको वाध्यताको कथा समेटिएको छ ।

भिडियोमा प्रेमी धन कमाउन विदेश गएर लामो समय फर्किन नपाएपछि प्रेमिकाले अन्तै विवाह गर्न बाध्य भएको कथा रहेको म्यूजिक भिडियो गल्कोट म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत रामु बिरहीको रहेको छ । बिनोद श्रेष्ठ, रञ्जिता गुरुङ, सरोज लामाको अभिनय तथा करुण श्रेष्ठ आशिष कार्कीको बाल अभिनय रहेको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

साई भिजन प्रा.लिमा दृष्य निर्माण गरेको भिडियोको छाँयाङ्कन नवराज उप्रेती र सम्पादन विष्णु शर्माले गरेका हुन । नेपाली गाउँले परिवेशको जीवन कथामा आधारित रहेर म्यूजिक भिडियो निर्माण गरिएको गायिका केसीले बताईन ।

“गाउँले परिवेश, माया प्रेमका कुरा र धनकमाउन विदेशमा जानुपर्ने बाध्यताको भावलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ गायिका केसीले भनिन ,“आशा छ गीतले दर्शकको मन छुनेछ ।”

Next Post

दोस्रो चरणमा पत्रकारलाई कोरोनाविरिुद्ध खोप दिईंदै

२५ माघ २०७७, आईतवार १९:०५
काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवारबाट कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि सोमवारबाट पत्रकारलाई लगाउने तयारी भएको हो । सोमवार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन […]

सम्बन्धित