टेलिकम्युनिकेशन डिलर्स एशोसियसनमा पुनः विष्ट

सदरलाइन संवाददाता २५ माघ २०७७, आईतवार १८:४७
 



नेपालगञ्ज : टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको केन्द्रीय अध्यक्षमा नेपालगञ्जका युवा व्यवसायी दिपेन्द्र विष्ट पुनः दोस्रो कार्यकालका लागि चयन भएका छन् । नवौं वार्षिक साधारण सभाबाट केन्द्रीय अध्यक्षमा चयन भएका विष्ट पुनः दोहोरिएका हुन् ।

काठमाण्डौंमा सम्पन्न भेलालले विष्टसहित ११ जनाको कार्यसमिति चयन गरेको छ । टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको उपाध्यक्षमा धर्मराम वराल, सचिवमा धर्मानन्द जोशी र कोषाध्यक्षमा महेन्द्रराज तुलाधर चयन भएका छन् ।

यसैगरि सदस्यमा प्रदेशगत हेम गुरुङ, नीरज गुप्ता, विजय सुवेदी, नवराज विष्ट, राजेश श्रेष्ठ, माधव प्रशाद शर्मा र चन्द्रासिंह चौधरी चयन भएका छन् ।

एशोसियसनले टेलिकम्युनिकेशन व्यवसायी सबैलाई समेटेर लैजाने र संस्थाका कमि कमजोरीलाई हल गर्दै लैजाने बताएको छ । फोटो : अर्थपेजबाट

Next Post

पारु केसीको नयाँ लोकदोहरी “लेउन चाखम् मैया”

२५ माघ २०७७, आईतवार १८:४७
नेपालगञ्ज : लोकदोहोरी गायिका पारु केसीको चर्चित नयाँ गीत “लेउन चाखम् मैया”को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोकदोहारी गायक राजु परियार र गायिका केसीको स्वर रहेको म्यूजिक भिडियोमा धन कमाउनकै लागि माया प्रेम बिर्सिएर विदेश जानु परेको प्रेमी प्रेमिकाको वाध्यताको कथा समेटिएको छ । भिडियोमा प्रेमी धन कमाउन […]