कैलालीमा ढिस्कोमा पुरिएर तीनको मृत्यु, २ घाइते

सदरलाइन संवाददाता २४ माघ २०७७, शनिबार १६:१९
 

कैलाली : कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकामा शनिवार बिहान माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर पोत्नका लागि माटो लिन गएका २० वर्षीय भावना वड, १७ वर्षीय धनसरी विक र ३१ वर्षीय गंगा जयगडीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।


ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएको उनले बताए । घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

कृषि कानुनको विरोधमा शनिवार भारतमा देशव्यापी चक्काजाम

२४ माघ २०७७, शनिबार १६:१९
काठमाण्डौ : भारतमा कृषि कानुनविरुद्ध किसानहरुले शनिवार देशव्यापाी जक्काजाम आयोजना गरेका छन् । किसान नेताको तर्फबाट राजधानी दिल्लीमा पनि चक्का जाम गर्ने घोषणा गरेपछि दिल्ली प्रहरीले सतर्कता बढाएको छ । गत जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको भारतीय […]