खजुरा गाउपालिका भित्रका सामुदायिक विद्यालयबीच अतिरिक्त कृयाकलाप

सदरलाइन संवाददाता १९ माघ २०७७, सोमबार १८:१६
 



खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले शहिद दिवसको अवसर पारेर पालिका क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरी सम्पन्न गरेको छ ।

खजुरा गाउपालिका शिक्षा शाखाको आयोजनामा पालिकामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीबीचमा कबिता प्रतियोगिता, वक्तृत्व प्रतियोगिता र चित्रकला प्रतियोगिता गराईएको गाउपालिकाका शिक्षा शाखा प्रमुख खगन्द्रबहादुर मल्लले जानकारी दिए ।

खजुरा गाउपालिका–७ सिन्दुरेमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय परिसरमा गाउपालिकाको शिक्षा शाखाद्वारा आयोजित सो कार्याक्रम सम्पन्न गर्नको लागि प्लान ईन्टरनेशनल नेपाल, स्याक नेपाल, सिविन, रिफलेक्टलगायतका संस्थाहरुको सहकार्य रहेको जनाईएको छ ।

कोरोना कहरको अवस्थामा पोषण र सन्तुलित खानाको महत्व विषयक कबिता प्रतियोगितामा आर्दश मावि डि गाउकी शोभा उपाध्याय प्रथम, मावि मनकामनाका प्रसन्ना परियार द्वितिय, नेराआवि सिन्दुरेका लक्ष्मी कुँवर तृतिय र ज्ञानोदय मावि खजुराका स्वस्तिका कंडेलले सन्त्वना स्थान प्राप्त गरेका थिए ।

यसैगरी बालबिबाह रोकथाम तथा नियन्त्रण विषयक चित्रकला प्रतियोगितामा शुक्र मावि सितापुरका सौगात सापकोटा प्रथम, मनकामाना आधारभुत विद्यालय बलभद्रपुरका सन्ध्या चौधरी द्वितीय, भानुमावि उढरापुरका चाँदनी खाँ तृतिय र अमर मावि गौतमबस्तीका आकृति पुनमगरले सान्त्वना स्थान हासिल गरेका थिए ।

कोरोना कहरको अवस्थामा पोषण र सन्तुलित खानाको महत्व विषयक वक्तृत्वकला कार्यक्रममा नेरामावि मनकामनापुरका शिक्षा कंडेल प्रथम, भानुमावि उढरापुरका अनिशा यादव द्वितिय, जनसेवा मावि पुरैनाका पूर्णिमा श्रेष्ठ तृतिय र मनकामना आधारभुत मावि बलभद्रपुरका अस्मिता थापा क्षेत्रीले सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रमका विजेता विद्यार्थीलाई पुरस्कार बितरण गर्नुको साथै कार्यक्रमलाई रोचक बनाउनको लागि विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

पालिका भित्रका विद्यालयका विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको जनाउदै यसैको निरन्तरता रहेको शाखा प्रमुख मल्लले बताए । उनले चालु शैक्षिक सत्रको अन्त्यमा जनकल्याण मावि बद्रीपुरमा पालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरी तयारी अघि बढाईएको समेत जानकारी दिए ।

 

Next Post

कोरोना संक्रमणबाट बाँकेमा एक पुरुषको ज्यान गयो

१९ माघ २०७७, सोमबार १८:१६
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर वडा नं. ७ का ६६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार राती १ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मंसिर २९ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पुष १३ गते अस्पतालमा भर्ना भएका ती […]