खजुराका बिद्यालय २३ गतेसम्म बन्द

सदरलाइन संवाददाता १९ माघ २०७७, सोमबार १६:२२
 

नेपालगञ्ज : चिसोका कारण बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु बन्द गरिएका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको सोमवार बसेको बैठकले चार दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा शाखाले सोमवार बिहान सूचना जारी गर्दै बैठकमा भएको निर्णयानुसार शीतलहर चलिरहेको कारणबाट विद्यार्थीहरुलाई नियमित पठन पाठन गराउन कठिन भएको हुदाँ माघ २० गते देखि माघ २३ गते शुक्रवारसम्म पठन पाठन स्थगित गरिएको उल्लेख छ ।


त्यस्तै बिदाका समयमा विद्यालयको प्रशासनिक कार्यहरु नियमित रुपमा सञ्चालन गर्न गराउन सबै सामुदायिक, संस्थागत तथा मदरसा विद्यालयहरुलाई आग्रह गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

पछिल्लो केही दिनदेखि बाँकेमा चिसो बढेपछि यसअघि नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले समेत तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ ।

Next Post

कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु

१९ माघ २०७७, सोमबार १६:२२
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर वडा नं. १४ की ६८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार अपरान्ह मृत्यु भएको हो । माघ १० गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पतालमा भर्ना भएकी ती महिलाको रोगको प्रकृतिअनुसार उपचार गर्दा […]