कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १८ माघ २०७७, आईतवार १७:२७
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । कैलालीको जोशीपुर ३ का ८३ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार विहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि माघ ६ गते भर्ना भएका उनमा माघ ७ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ८७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक 

१८ माघ २०७७, आईतवार १७:२७
काठमाडौं : कोरोना कहरका कारण गत बैशाखमा सम्पन्न हुनु पर्ने कक्षा १२ को परीक्षाको नतिजा प्काशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । काठमाण्डौमा केहीबेर अघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरेको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा […]

सम्बन्धित