प्रविण थापा हत्या आरोपमा ६ जना पक्राउ

सदरलाइन संवाददाता १८ माघ २०७७, आईतवार १७:०६
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले राष्ट्रिय अनुसन्धान बाँकेका सहायक सूचक प्रविन थापा मगर हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीको पहलमा महानगरीय अपराध महाशाखा काठमाण्डौको टोलीले नेपालगञ्ज ६ का १८ वर्षीय विवेक परियारलाई भक्तपुरबाट पक्राउ गरेसँगै उनको बयानका आधारमा थप अरु पक्राउ परेका हुन् ।


घटनाका अभियुक्त परियार दिएको बयानका आधारमा जिल्ला प्रहरी बाँकेले नेपालगञ्ज वसपार्कका ३ जना र कैलालीबाट २ जनालाई शनिवार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका युवाहरु सबै लागुऔषध प्रयोगकर्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ । गत माघ २ गते नेपालगञ्ज काँरकादोको पूर्व तर्फको खेतमा प्रविणको शव फेला परेको थियो ।

Next Post

नेपालगञ्जका सबै विद्यालय तीन दिन बन्द

१८ माघ २०७७, आईतवार १७:०६
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालय माघ १९ गतेदेखि २१ गतेसम्म बिदा गर्ने निर्णय […]

सम्बन्धित