बालश्रम न्यूनिकरणका लागि सिबिओ सदस्यहरुलाई दुईदिने तालिम

सदरलाइन संवाददाता १७ माघ २०७७, शनिबार ०८:२८
 
नेपालगञ्ज: बाँकेमा बालश्रम न्यूनिकरणको लागि समुदायमा आधारित संस्थामा आवद्ध सदस्यहरुलाई दईदिने सामाजिक व्यवहार परिवर्तन सञ्चारका विधि र महत्वको बारेमा दुई दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब विश्वशिक्षाको आर्थिक सहयोगमा बाँकेका विभिन्न ईट्टा भट्टामा कार्यरत बालश्रमिक लगायत अन्य क्षेत्रमा रहेका बाध्यकारी बालश्रम न्युनीकरणका लागि सक्रिय परियोजना संचालन गर्दै आएको छ ।
 सो तालिममा सहभागि सिबिओ सदस्यहरुले तालिम पश्चात बालश्रम न्युनीकरण अभियानमा सक्रियरुपले सहभागी भई बालश्रम न्युनीकरणमा महत्वपुर्ण योगदान पुरयाउने अपेक्षा गरिएको बाँके युनेस्को क्लवका संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।
जिल्लामा बालअधिकारबाट वंचित विभिन्न क्षेत्रमा कार्यरत बालश्रमिकहरुको न्युनीकरण र उनीहरुको अधिकार सुनिश्चितताका लागि बाँके युनेस्को क्लब निरन्तर प्रयासरत रहदै विभिन्न खालका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीले विश्व शिक्षाको कन्र्सोटियम साझेदार संस्था स्वतन्त्र अभियान नेपालले शोध तथा तथ्याङक संकलन, घटना अध्ययन लेखन, तेरे देस होम्सले बालश्रमिकसंग सम्बन्धित घटना व्यस्थापन गर्ने र एन्टिना फाउन्डेशन नेपालले सामाजिक व्यवहार परिवर्तन संचार विधिको माध्यमबाट बालश्रम अन्त्यका लागि सरोकारवालाहरुको ध्यानआकर्षण गर्नुको साथै भएका नीति नियमहरु प्रभावकारी ढंगले कार्यान्वयनका लागि संस्थाको क्षमता अभिवृद्धि गर्दै आएकोे जानकारी दिदै सोही उद्देश्य पुरा गर्नको लागि तालिमको आयोजना गरेको जानकारी दिए ।
बाँकेको नेपालगञ्ंज उपमहानगरपालिका र डुडुवा गाउँपालिका अन्र्तगत संचालनमा रहेका २३ वटा ईट्टा भठ्ठाहरुमा कार्यरत १ हजार ६ सय बालश्रमिकहरुको तथ्याङक संकलन गरि सकेको परियोजनाका अनुगमन तथा मुल्याङकन अधिकारी साजिद अली सिद्दीकीले जानकारी दिए । परियोजना नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकामा संचालनमा रहेको छ ।
यसैबीच दुई दिनसम्म सञ्चालन भएको सो तालिमको शुक्रबार समापन गरिएको छ । समापन समारोहमा सहभागिका तर्फबाट वडास्तरिय वालक्लव सञ्जालका आदित्य सिंह थापा र ओजश्वी जोशी, एन्टेना फाउन्डेशनका अरुण राईलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि आक्रमण

१७ माघ २०७७, शनिबार ०८:२८
नेपालगञ्ज : नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् । युवा संघ राप्तीसोनारी अध्यक्षसमेत रहेका “समीर“ भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डांँगीसहित ८।९ जनाको समुहले आक्रमण गरेको हो । राप्तीसोनारी गाउँपालिका […]