‘चाचाजी’को पुण्यतिथिमा विभन्न कार्यक्रम

सदरलाइन संवाददाता १२ माघ २०७७, सोमबार १७:००
 

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगन्जले स्व. पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्ताको अध्यक्षतामा सोमवार बसेको बैठकले गत वर्ष माघ १५ गते निधन भएका चाचाजीको स्मृतिमा बिहीबार कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कार्यक्रम अन्र्तगत विहीबार बिहान निलसागर सेवा आश्रममा खाना खुवाउने र दिउँसो महेन्द्र पुस्तकायमा स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए ।


लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासका क्षेत्रमा काम गर्ने गरी प्रतिष्ठानलाई दर्ता प्रक्रियालाई अघि बढाउने तयारीसमेत गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

Next Post

भारतले आफ्नो ७२ औं गणतन्त्र दिवस मनाउँदै

१२ माघ २०७७, सोमबार १७:००
नेपालगञ्ज : भारतले मंगलवार ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी खटाइएको छ । गणतन्त्र दिवसका अवसरमा दिल्लीको राजपथमा परेड भएको छ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्रयाक्टर र्याली निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई […]