जसपाको दुई दिने प्रशिक्षण नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता १२ माघ २०७७, सोमबार १५:३४
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) बाँकेले राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज सोमवारदेखि नेपालगञ्जमा शुरु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताए ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईको विशिष्ट अतिथिमा दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणको उद्घाटन सत्रमा पार्टीका प्रभावशाली नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला अध्यक्ष राईको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष राजन रानामगरले गरका छन् ।


प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य बिजय बहादुर यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राईले बताए ।

दुई दिने प्रशिक्षणमा विशेषगरी पछिल्लो देशको राजनीतिक तथा बैचारिक अवस्थाका बिषयमा प्रशिक्षण दिइने छ ।

Next Post

‘चाचाजी’को पुण्यतिथिमा विभन्न कार्यक्रम

१२ माघ २०७७, सोमबार १५:३४
नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगन्जले स्व. पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्ताको अध्यक्षतामा सोमवार बसेको बैठकले गत वर्ष माघ १५ गते निधन भएका चाचाजीको स्मृतिमा बिहीबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम अन्र्तगत […]