विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री

सदरलाइन संवाददाता ११ माघ २०७७, आईतवार १६:४९
 

काठमाण्डौ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनी आइतवार विवाह बन्धनमा बाँधिएका हुन् । भोजपुर निवासी ४९ वर्षका राईले संखुवासभा निवासी २३ वर्षीया मोडल जाग्मु शर्पासँग विवाह गरेका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । विवाह दुलहीको तर्फबाट शेर्पा विधिअनुसार गरेर बिदाइ गरिने र दुलाहाका घर भित्र्याउँदा राई विधिबाट भित्र्याइने बताइएको छ ।

भोजपुरको आमचोक गाउँपालिका ३ मा २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो । २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बनेका थिए ।

२०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्नुभएका राई जिल्लामा एमालेको शक्तिशाली नेता बने र २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बनेका थिए ।


२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएपनि दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री समेत बने । मुलुककै कान्छो सांसद बनेर राजनीतिमा अगाडि आउनुभएका शेरधनले २०७४ सालमा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्नुभयो।

उता उनको जोडी बन्न आइपुगेकी शेर्पा संखुवासभा घर भएपनि हाल हजुरआमासँग काठमाण्डौमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन् । १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी छन् ।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि पछि बढी चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन् ।

Next Post

बाँकेमा थप चौध जनामा कोरोना पुष्टि

११ माघ २०७७, आईतवार १६:४९
नेपालगञ्ज : बाँकेमा कोरोनाका १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा ६० जनाको पिसीआर […]