आइपुग्यो कोरोना भाइरसविरुद्धको खोप

सदरलाइन संवाददाता ८ माघ २०७७, बिहीबार १३:२०
 

काठमाण्डौ : कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज बिहीवार विमानमार्फत काठमाण्डौ ल्याइएको हो ।

विमानस्थलमै भएको औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।


बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको उत्पादन भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले गरेको हो । सो खोपको १० लाख डोज भारतले नेपाललाई अनुदानमा दिएको हो ।

सो खोप अबको दुई हप्ता भित्रै लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आएको खोपले चार लाख मानिसलाई पुग्ने जनाइएको छ ।

Next Post

हुकुमी शैलीमा संसद् विघटन गरियो : सुरेन्द्र हमाल

८ माघ २०७७, बिहीबार १३:२०
नेपालगञ्ज : नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले संसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज भएको बताएका छन् । नेपाली कांग्रेस नेपालगञ्ज वडा नम्बर १२ ले बिहीवार गरेको विरोधसभामा बोल्दै हमालले संविधानमै नभएको व्यवस्थालाई टेकेर हुकुमी शैलीमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाले संविधान रक्षार्थ कांग्रेस सडकमा […]

सम्बन्धित