नेपालगञ्जबाट सहुलियत दरमा हुम्ला हवाई उडान

सदरलाइन संवाददाता ५ माघ २०७७, सोमबार १४:३०
 

नेपालगञ्ज : सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकोमा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो ।

नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए । न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए ।


नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले ६ हजार तथा नेपाल एयरलाइन्सले ५ हजार ९ सय ७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एकरएक उडान भर्न शुरु गरेका छन् ।

Next Post

राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग

५ माघ २०७७, सोमबार १४:३०
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग गरेको छ । आयोगले गत मंसिर ३० गते सूचना प्रकाशित गरेर स्थानीय तहबाट समपूरक अनुदानतर्फ १ करोडदेखि १० करोड र विशेष अनुदानतर्फ ५० लाखदेखि १ करोडका योजना माग गर्न आह्वान गरेपछि गाउँ कार्यपालिकाको बैठक बसेर योजना माग गरिएको हो […]

सम्बन्धित