राष्ट्रिय अनुसन्धान बाँकेका एक कर्मचारीको हत्या

सदरलाइन संवाददाता २ माघ २०७७, शुक्रबार १६:३४
 


नेपालगञ्ज : राष्ट्रिय अनुसन्धान बिभाग बाँकेका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेमा कार्यरत सहायक सूचक प्रबिण थापामगरको शुक्रवार दिउँसो नेपालगञ्जको कारकाँदोको पूर्व तिरको खेतमा शव फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको छ । मृतकको शरीरमा डाम देखिएकाले घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने बाँके प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

Next Post

पद गुम्ने खतरा देखेर संसद भंग गरियो : नेता रिजाल

२ माघ २०७७, शुक्रबार १६:३४
नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाग्राँ खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् । नेपालगञ्ज नगर कमिटिले शनिवार गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता रिजालले आफू अल्पमतमा परेपछि पद गुम्ने खतरा देखेर प्रधानमन्त्रीले संसद भंग गरेको उल्लेख गरे । […]