कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २ माघ २०७७, शुक्रबार ०९:३६
 


नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ की ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको हो ।

स्वास्थ्य समस्या भएपछि पुष २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी उनको भोली पल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दापनि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि राती मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ४९ जनाको मृत्यु भइसकेको छ ।

Next Post

नेकपा नेता यादवलाई पार्टी कार्यलयमा अन्तिम श्रद्धाञ्जली

२ माघ २०७७, शुक्रबार ०९:३६
नेपालगञ्ज  : भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य, संविधान सभा सदस्य पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य एवम बाँके ईन्चार्ज दिनेशचन्द्र यादवलाई नेकपा पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्दै बिदाई गरिएको छ । नेता यादवको राजधानीको ग्रणडी अस्पतालमा उपचारको क्रममा बिहिवार विहान निधन भएको हो । कोरोना संक्रमण भएपछि […]

सम्बन्धित