जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ घाइते

सदरलाइन संवाददाता १ माघ २०७७, बिहीबार १६:४६
 

गुल्मी : गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएकमा छन् भने एक जनाको अवस्था गम्भीर छ ।

कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन पुनले जानकारी दिए । जिप माथिल्लो घुम्तीदेखि करिब २० मिटर तल सडकमा खसेको छ ।


जिपमा सवार १४ जना घाइतेहरूमध्ये कालीगण्डकी २ अर्बेनीका ५० वर्षका शिवलाल पाण्डेलाई शरीरका विभिन्न भागहरूमा बढी चोट लागेकाले थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको पुनले बताए ।

अन्य घाइतेहरू, ६० वर्षका ओमप्रकाश पाण्डे, ५५ का शोभाखर,५३ वर्षका खिमानन्द, १४ वर्षकी हिरा, ५ वर्षका शिरिष, २८ वर्षका गोविन्द, २५ वर्षका बेउला कृष्ण,२० वर्षका नवीन, २४ वर्षका हिमलाल, २६ वर्षकी तुलसा, १६ वर्षका विष्णु, २८ वर्षका चालक राजन, ६५ वर्षका डण्डपानी न्यौपानेको स्याङजाको मिर्मीमा रहेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको पुनले बताए ।

Next Post

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा दुईको मृत्यु

१ माघ २०७७, बिहीबार १६:४६
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुई वटा मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । से ६ प ३१६७ नम्बरको मोटरसाइकलको चालक धनगढी गोदावरी राइसमिल नजिक बस्ने […]