बुधबार देशभर चारसय पैतालिस कोरोना संक्रमित थपिदा बाँकेमा आठ थपिए

सदरलाइन संवाददाता २९ पुष २०७७, बुधबार १७:४८
 



नेपालगञ्ज :  नेपालमा बुधबार थप ४४५ जना कोरोना भाइरस संक्रमित थपिदा बाँकेमा पनि ८ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५९ हजार ७ सय ७२ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ४६ जना संक्रमित भएका छन् ।

यसैगरी बाँकेमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी हुँदा ३ जनाले कोराना मुक्तभई घर फर्केका छन् । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ५ सय २६ पुगेको छ भने कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ३ सय ६२ पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल प्रयोगशालामा ७ जना र बागेश्वरी प्रयोगशालामा प्रयोशालामा गरिएको पिसिआर परिक्षण १ जना गरि ८ जनामा संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन तेज ओलले जानकारी दिए ।

Next Post

समाज सेवाद्वारा रक्तदान

२९ पुष २०७७, बुधबार १७:४८
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका १४ हवलदापुर स्थित समाज सेवा संस्थाले बुधबार र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाको जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुक गरि १२ जनाले […]

सम्बन्धित