बैजनाथ गाउपालिकाको आठौ गाउसभा सुरु

सदरलाइन संवाददाता २८ पुष २०७७, मंगलवार १८:०१
 

बैजनाथ (बाँके)  : बाँकेको बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को हिउँदे गाउँसभा तथा आठौ गाउसभा गाउपालिकाको भवनमा सुरु भएको छ । सो गाउँसभा बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचालले उद्घाटन गरेका हुन ।

गाउँ सभाको उद्घाटन सत्रमा उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, वडा न ८ का अध्यक्ष भगन थारु, वडान २ का अध्यक्ष प्रेम थापा र नारायण थारुले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


गाउ सभामा स्थानीय सरकारको भुमिका, सुकुम्बासी समस्या समाधान, योजनाहरुको प्रभावकारी कार्यान्वय, कोभिड–१९ ले श्रृजित गरेको अवस्था र न्युनिकरणमा गरिएको प्रयासको बारेमा छलफल गरिएको थियो ।

गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रुचालले आगामी माघ ५ गते सञ्चालन हुने गरी सभालाई स्थगन गरेको गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

Next Post

बाँके र बर्दियाका शिक्षकहरुका क्षमता विकास तालिम सम्पन्न

२८ पुष २०७७, मंगलवार १८:०१
खजुरा (बाँके) :  प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन भएको विद्यालयका फोकल शिक्षकहरका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम बारबर्दियाको जयनगरमा सम्पन्न भएको छ । तालिमको समापन सत्रमा […]