पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

सदरलाइन संवाददाता २७ पुष २०७७, सोमबार ०९:३५
 

नेपालगञ्ज : आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।


२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२(०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिकस्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

Next Post

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

२७ पुष २०७७, सोमबार ०९:३५
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर १३ का ५५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । भुपु भारतीय सैनिक रहेका उनको सोमवार विहान ७ बजे मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेल वलीले जानकारी दिए । […]