कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २६ पुष २०७७, आईतवार १६:३३
 


नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । रोल्पा र दाङका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

रोल्पाको रोल्पा नगरपालिका ४ लिवाङकी ४२ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार विहान साढे तीन बजे र दाङको बबई गाउँपालिका वडा नम्बर ६ की ८० बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा विहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Next Post

बारबर्दियाका शिक्षकलाई क्षमता अभिबृद्धि तालिम

२६ पुष २०७७, आईतवार १६:३३
बारबर्दिया (बर्दिया) :  लैङ्गिक मैत्री बाताबरणमा कक्षा सञ्चालनका लागि फोकल शिक्षकलाई तीनदिने क्षमता बिकास तालिम बर्दियाको बारबर्दियामा आइतबारदेखि सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको सिकाई परियोजना अन्तरगतका १३ विद्यालयका २५ जना शिक्षक शिक्षिकाको […]