नेपालगञ्जका युवा युवतीलाई स्वरोजगार तालिम

सदरलाइन संवाददाता २३ पुष २०७७, बिहीबार १६:४८
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले युवा लक्षित तीनवटा तालिम एकसाथ बिहीवारदेखि शुरु गरेको छ । मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले तीन महिने मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन तालिमको उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै मेयर डा. राणाले कोभिड– १९ पछि स्वदेश फर्केका युवायुवती र यही बसेकालाई लक्षित गरी तालिम प्रदान गरी रोजगार दिने योजना अघि सारेको बताए ।


उपमेयर थापा मगरले तालिम सिकेका सहभागीलाई उनीहरुको प्रस्तावको आधारमा बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताइन् । तालिममा दत्तचित्त भएर ध्यान दिन आग्रह गर्दै उनले राम्रो गर्नेलाई अनुदान समेत दिन सकिने बताइन् । नगरभित्रका जनशक्तिलाई तालिम प्रदान गरी स्वरोजगार बनाउन निरन्तर यसखालका तालिम सञ्चालन हुने उनको भनाई थियो ।

नेपालगञ्ज उपमहागरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार तीनवटै तालिममा नगरका २३ वटै वडाबाट १/१ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटनमा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठौर, कार्यपालिका सदस्य बशन्त जोशी, इन्दिरा शाही, सीमा कशौधन, नगर स्तरीय घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रचना श्रेष्ठ, नारी विकास केन्द्रका उपाध्यक्ष लक्ष्मी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपालगञ्जलाई पूर्णखोपयुक्त नगर घोषणाको तयारी

२३ पुष २०७७, बिहीबार १६:४८
नेपालगञ्ज : नेपालगञ्जलाई पूर्णखोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ । पुर्णखोप घोषणालाई अन्तिमरुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समिक्षा, सुक्ष्म योजना अध्यावधिक र खोप समन्वय अभिमुखिकरण बिहिवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तवले आगामी फागुन भित्र बाँकेलाई पूर्ण खोपयुक्त […]