तेह्र बर्षीय बालकसहित बाँकेमा तीनजनाको मृत्यु

सदरलाइन संवाददाता २१ पुष २०७७, मंगलवार ११:०७
 

नेपालगञ्ज : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा एक र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो ।

बाँके, दाङ र कञ्चनपुरका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बाँकेका अस्पतालमा उपचार गराइरहेकामध्ये १३ वर्षीय बालकको पनि मृत्यु भएको छ । यसरी उपचारकै क्रममा बाँकेमा बालकको मृत्यु भएको भने यो पहिलो हो । ती बालक दाङको घोराही उपमहानगरपालिका–१८ का हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पुष १९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा २० गते कोरोना पुष्टि भएको थियो । निमोनिया र मुटु रोगबाट पीडितसमेत रहेका ती बालकको उपचारकै क्रममा मंगलवार विहान पौने आठ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले जानकारी दिए ।


यस्तै कोहलपुर मेडिकल कलेजमै उपचारका क्रममा महेन्द्रनगर–५ कञ्चनपुरका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको मंगलवार विहान ७ बजेर २० मिनेथमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी पुष १७ गते अस्पताल भर्ना भएका थिए । त्यसको भोलीपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका संक्रमित मृतकको संख्या ७९ पुगेको छ ।

यस्तै बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । पुष ९ गते कोभिड आइसोलेशन वार्डमा भर्ना भएका ती पुरुषको सोमवार राती १२ बजेर २५ मिनेटमा मृत्यु भएको सूचना अधिकारी वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Next Post

बाँकेको खजुरामा निर्माणाधिन खेलकुदग्रामले युवाहरु उत्साह थप्दै

२१ पुष २०७७, मंगलवार ११:०७
खजुरा (बाँके)  : बाँकेको खजुरा गाँउपालिकाको वडानं २ मा निर्माणाधिन खेलकुद ग्रामले पालिकामा खेलकुदको राम्रो संभावना हुने भएको छ । खेल भावनालाई विकास गर्न र युवा शक्तिलाई खेलकुदमा आकर्षण गर्न गाउपालिकाले खेलकुदको विकासको लागि खेलकुद ग्राम निर्माण गर्न सुरु गरेको जनाएको छ । खजुरा गाउपालिकाले आठौ राष्ट्रिय खेलकुदको महिला हक्की, […]