अफ्रिकी देश नाइजरमा बिद्रोही आक्रमण, ७९ जनाको मृत्यु

सदरलाइन संवाददाता १९ पुष २०७७, आईतवार ०९:२८
 

काठमाण्डौ : अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ७९ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो ।

ट्चोम्बान्गोउ गाउँमा भएको आक्रमणमा ४९ जनाको ज्यान गएको र १७ जना घाइते भएको खबरमा उल्लेख छ । यस्तै जारोउम्दारेयी गाउँमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको हो ।

दुवै गाउँ नाइजरको मालीसँगा जोडिएको पश्चिमी सीमा क्षेत्रमा पर्छन् । पछिल्लो समय इस्लामी बिद्रोही समूहले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएको छ ।


यसैबिच शनिबार फ्रान्सले मालीमा आफ्ना दुई सैनिक मारिएको बताएको थियो । त्यसअघि अल–कायदासँग सम्वद्ध समूहले गएको मंगलबार भएको आक्रमणमा तीन फ्रान्सेली सैनिकको हत्यामा आफ्नो संलग्नता रहेको बताएको थियो ।

फ्रान्सले पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक बिद्रोही विरुद्धको आक्रमणमा नेतृत्व गरिरहेको छ । तर नाइजर र मालीसहितका देशमा आदिबासी हिंसा, मानव तथा लागुऔषध तस्करी तथा डाँकुबाट हुने हिंसा रोकिएको छैन ।

नाइजरका दुई गाउँमा भएको पछिल्लो आक्रमण त्यहाँको सरकारले फ्रान्सको आरएफआई समाचार संस्थालाई पुष्टि गरेको छ ।

Next Post

नेपालगञ्ज उपमहानगरपालिकामा शोक

१९ पुष २०७७, आईतवार ०९:२८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आइतवार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । मोटरसाईकल दुर्घटनामा परी उपचारका क्रममा निधन हुनुभएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरिएको हो । श्रद्धाञ्जलीसभामा मेयर डा. धवलशम्शेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले ईमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताए । नगरको सरसफाईका लागि स्व. केसी […]