राष्ट्रपति भण्डारी केपी ग्याङको सदस्य भइन् : गगन थापा

सदरलाइन संवाददाता १३ पुष २०७७, सोमबार १७:४६
 

नेपालगञ्ज : प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको आरोप लगाएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा काँग्रेसले देश व्यापी आयोजना गरेको विरोधसभाअन्तर्गत नेपालगञ्जमा आयोजित बृहद विरोध सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताए ।


प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको बताउँदै उनले ओलीले जनमतको अपमान गरेको आरोप लगाए । संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउनसक्ने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी अबदेखि केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र भएको उल्लेख गरे । उनले कोरोना महामारीले तहसनहस भएको मुलुकको अर्थतन्त्र उकास्ने बेलामा सरकार त्यसको उल्टो बाटोमा हिँडेको जिकिर गरे ।

Next Post

राजा वीरेन्द्रको मंगलवार ७६औं जन्मजयन्ती

१३ पुष २०७७, सोमबार १७:४६
नेपालगञ्ज : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७६ औँ जन्मजयन्ती मंगलवार उनको सम्झना गरि मनाईदै छ । बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो । स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको […]