यौनजन्य दुर्व्यवहारविरुद्ध बाँकेमा महाअभियान

सदरलाइन संवाददाता १३ पुष २०७७, सोमबार १६:४५
 

नेपालगञ्ज : सडक दुर्घटना न्यूनीकरण, अपराध, खोला नदी दोहन, चोरी पैठारी, तस्करी, मानव बेचबिखन, सिमामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण तथा निस्तेज पार्ने अभियानका साथसाथै फरार अभियुक्त खोजी तथा पक्राउसँगै लागू औषध निस्तेज पार्ने महाअभियान अगाडि बढाएको बाँके प्रहरीले सोमवारदेखि जिल्लामा यौनजन्य दुर्व्यवहार विरुद्धको अर्को बिशेष अभियानको थालनी गरेको छ ।

सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रममार्फत नेपालगञ्जमा सोमवार उक्त बिशेष अभियान जिल्लामा शुरुवात गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।


प्रहरी उपरीक्षक रानाले घर, समाज, सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन लगायतका स्थानहरुमा महिला तथा बालबालिकाहरु माथि हुनेरगरीने यौनजन्य दुर्व्यवहार विरुद्ध बाँके प्रहरी कडा रुपले प्रस्तुत हुने बताए । उनले आफू माथि हुने यौनजन्य हिंसा तथा दुर्व्यवहार सहेर बस्न नहुने भन्दै त्यसका बिरुद्ध एकजुट भइ लाग्न आग्रह गरे ।

महिला तथा बालबालिकाहरु माथि हुने यौनजन्य दुर्व्यवहार कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु, कतिपयले डर, सामाजिक प्रतिष्ठा, लाज तथा असहजता महसुस गरी आफू माथि भैरहेको दुर्व्यवहार विरुद्ध कुनै कदम नचाल्दा तथा कुनै प्रतिक्रिया नजनाउँदा समाजमा त्यस किसिमका गतिविधिहरु गर्ने व्यक्तिहरुको अपराधिक मनोबल बढ्ने हुँदा त्यस्का बिरुद्ध सबैजना लागेर मात्र समाजबाट त्यस्तो प्रबृतिलाई हटाउन सकिने एसपी रानाले बताए ।

Next Post

राष्ट्रपति भण्डारी केपी ग्याङको सदस्य भइन् : गगन थापा

१३ पुष २०७७, सोमबार १६:४५
नेपालगञ्ज : प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको आरोप लगाएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा काँग्रेसले देश व्यापी आयोजना गरेको विरोधसभाअन्तर्गत नेपालगञ्जमा आयोजित बृहद विरोध सभामा थापाले […]