भन्सार छली ल्याइएको अवैध सामान बरामद

सदरलाइन संवाददाता १२ पुष २०७७, आईतवार १७:५१
 

नेपालगञ्ज : अवैध चोरी तस्करीविरुद्ध बाँके प्रहरीले सक्रियता बढाएको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको वडा प्रहरी कार्यालयका इञ्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए ।

डुडुवा गाउँपालिका वडा नं. २ बेतहनी नजिकै भारतबाट अबैधरुपमा भन्सार छली मालसामानहरु ल्याईरहेका छन् भन्ने सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।

इञ्चार्ज खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १ लाख ३१ हजार ७ सय ६० बराबरको रहेको प्रहरीले जनाएको छ ।


मुख्य नाका छाडेर तस्करहरुले अन्य नाका प्रयोग गर्न थालेपछि त्यसतर्फ बाँके प्रहरी सक्रिय भएको एसपी ओमबहादुर रानाले बताए । खुल्ला सिमानाले गर्दा तस्करीको चाप अन्य नाकामा बढेपछि बाँके प्रहरीको सक्रियता पनि बढेको हो ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको एसपी रानाले जानकारी दिए ।

Next Post

यौनजन्य दुर्व्यवहारविरुद्ध बाँकेमा महाअभियान

१२ पुष २०७७, आईतवार १७:५१
नेपालगञ्ज : सडक दुर्घटना न्यूनीकरण, अपराध, खोला नदी दोहन, चोरी पैठारी, तस्करी, मानव बेचबिखन, सिमामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण तथा निस्तेज पार्ने अभियानका साथसाथै फरार अभियुक्त खोजी तथा पक्राउसँगै लागू औषध निस्तेज पार्ने महाअभियान अगाडि बढाएको बाँके प्रहरीले सोमवारदेखि जिल्लामा यौनजन्य दुर्व्यवहार विरुद्धको अर्को बिशेष अभियानको थालनी गरेको छ […]

सम्बन्धित