कञ्चनपुरमा नेकपाका दुई समूहबीच झडप

सदरलाइन संवाददाता १२ पुष २०७७, आईतवार १७:३२
 


कञ्चनपुर : विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएका थिए । लगत्तै, दुवै पक्षबीच झडपको अवस्था आएको हो ।

प्रचण्ड(नेपाल समूहले ताला खोलेपछि दुवै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो । पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य रहेको छ ।

Next Post

भन्सार छली ल्याइएको अवैध सामान बरामद

१२ पुष २०७७, आईतवार १७:३२
नेपालगञ्ज : अवैध चोरी तस्करीविरुद्ध बाँके प्रहरीले सक्रियता बढाएको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको वडा प्रहरी कार्यालयका इञ्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए । डुडुवा गाउँपालिका वडा नं. २ बेतहनी नजिकै भारतबाट अबैधरुपमा भन्सार छली मालसामानहरु ल्याईरहेका छन् भन्ने सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी […]