ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १२ पुष २०७७, आईतवार ०९:२७
 


गुल्मी : गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका १३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको मृत्यु भएको हो ।

तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।

Next Post

संसद विघटन मुलुकका लागि दुर्भाग्यपूर्ण : भट्टराई

१२ पुष २०७७, आईतवार ०९:२७
नेपालगञ्ज : नेकपाको प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड नेपाल समूहले आइतवार नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको […]